एमसीसी सम्बन्धी प्रतिवेदन संसदमा प्रस्तुत नभएकोमा प्रधानमन्त्री ओली असन्तुष्ट

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्बन्धी प्रतिवेदन संसदबाट निर्णयार्थ प्रस्तुत नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधवार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मीलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्बन्धी प्रतिवेदन सरकारले टेबुल गरिसकेकोले प्रतिवेदन रोक्न नपाइने बताउनुभयो । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार भएको समयमा सम्झौता भएको एमसीसी परियोजनालाई सदनमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको हो ।

सम्झौता गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग हुँदैनहुने भन्दै उहाँले त्यसलाई कुनै पनि हालतमा प्रस्तुत गर्नैपर्ने बताउनुभयो ।

संसद अधिवेशन सुरु भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?