प्रधानमन्त्री र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, छलफल सकारात्मक

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेट गर्नुभएको छ ।

आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

भेटका क्रममा अध्यक्ष ठाकुरले आफ्नो दलले अघि सारेको माग सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । सरकारले माग सम्बोधन गरे सरकारलाई समर्थन गर्ने जसपाले बताईरहेका बेला प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच भएको भेटलाई सकारात्मकरुपमा लिइएको छ ।

सांसद रेशम चौधरीसहितमाथि लगाइएको मुद्दा खारेज हुनुपर्ने, तराई–मधेस आन्दोलनका क्रममा कार्यकर्तामाथि लगाइएका मुद्दाहरु खारेज गरी सहयोग गरेमा जसपाले सरकारलाई सहयोग गर्ने पुरानै अडान अध्यक्ष ठाकुरले बैठकमा उठाउनुभएको बताइएको छ ।

बैठक सकारात्मक ढङ्गले अघि बढेको सल्लाहकार डा. भट्टराईले बताउनुभयो ।  सरकार तथा जसपाबीच वार्ता गर्न गठित कार्यदलको बैठक पनि आज बसेको छ । बैठकमा जसपाले राखेको मागबारे छलफल भएको डा. भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?