एमालेमा ‌नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेपाल समूह परेन

दार्चुला । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । स्थायी कमिटीमा नेपाल–खनाल समूहका नेता अटाएका छैनन् । वामदेव गौतमलाई भने कायमै राखिएको छ ।

स्थायी कमिटीमा अध्यक्ष ओलीसहित वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायत रहनुभएको छ । नेकपा एमालेले माधवकुमार नेपालसहित २७ सांसदलाई कारबाहीको जिम्मा पनि स्थायी कमिटीलाई दिएको छ ।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले आजै चयन गरेको स्थायी कमिटीलाई नेपाल–खनाल समूहका २७ सांसदलाई कारबाहीका बारेमा निर्णय गर्ने जिम्मा दिएको हो । बैठकले नेपाल–खनाल समूहमा रहेका नेताहरु सच्चिएर आए एमालेमै ठाउँ दिने पनि निर्णय गरेको छ । यस्तै कर्णाली प्रदेशका चार सांसदको एमाले पार्टी सदस्यता नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

फ्लोर क्रस गरेका प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई साधारण सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो । त्यस्तै भुलवश फ्लोर क्रस गरेको स्पष्टीकरण दिएकी देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस : फागुनभित्रै स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री ओली

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?