फागुनभित्रै स्थानीय चुनाव हुन्छ : प्रधानमन्त्री ओली

दार्चुला । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने बताउनुभएको छ । बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय तहको चुनावी तयारीमा लाग्न निर्देशन दिनुभएको हो ।

‘फागुनभित्रै स्थानीय तहको चुनाव हुन्छ, सबै कमिटीहरु आजैदेखि लाग्नुहोला’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भन्नुभयो, स्थानीय चुनावबारे प्रधानमन्त्री ओली पहिलो पटक बोल्नुभएको हो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिनुभएको छ ।

बैठकबाट नयाँ स्थायी कमिटी निर्माण र कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदलाई निष्कासन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?