नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक आह्वान

दार्चुला । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुभएको छ ।

ओलीले आज बिहान १० बजे बैठक बस्ने गरी कमिटी बैठक बोलाउनुभएको हो ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटी बैठक बस्न लागेको बताउनुभयो ।

बैठकका एजेन्डा खुलाइएको छैन। ओलीले आकस्मिक रूपमा यो बैठक राख्नुभएको हो ।

यसअघि ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गर्नुभएको थियो ।

ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोध्नुभएको थियो। तीमध्ये अधिकांसले स्पष्टीकरण बुझाइसकेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?