सत्तारुढ एमालेको दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक

दार्चुला। सत्तारुढ नेकपा एमालेले दशौं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । विभिन्न शाखा अधिवेशनदेखि महाधिवेशनसम्मको कार्यतालिका सार्वजनिक गराइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जकानकारी दिनुभयो ।

आउँदो असार मसान्तसम्ममा पार्टीका सबै पुराना सदस्यहरुको नवीकरण गर्ने तथा पार्टीको नयाँ सदस्यता पनि वितरण गर्ने नेकपा एमालेको कर्यातालिकामा छ । विगतमा नगरपालिकादेखि गाउँपालिका र वडा तहसम्मका सबै अधिवेशनहरु जहिले मन लाग्यो त्यही बेला हुँदै आएकोमा यसपटक भने यो प्रचलनलाई अन्त्य गर्दै एकरुपता ल्याउने कोसिसका साथ सबै अधिवेशनहरु एकै समयमा गर्ने कार्यतालिका रहेको तामाङले बताउनुभयो ।

आगामी भदौ ५ गतेदेखि शाखा अधिवेशन सुरु हुनेछ भने सबै अधिवेशनहरु दशौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण हुनेछ ।

वैशाख ६, १० र १२ गते महाधिवेशन आयोजक कमिटीको बैठक बसेको थियो। उक्त बैठकले गरेका निर्णय अन्तरपार्टी निर्देशनमार्फत सार्वजनिक गरिएका हुन्। अन्तरपार्टी निर्देशनमा महाधिवेश कार्यतालिका उल्लेख गरिएको छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा वडादेखि केन्द्रसम्मको अधिवेशनको मिति तय गरिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?