ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

दार्चुला । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बालुवाटारमा विहीबार विहान बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिदै हुनुहुन्छ । माओवादी केन्द्रले बुधबार सरकारको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा परेको छ ।
स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय गरेको छ ।

एमालेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारबारे भने निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?