प्रतिनिधिसभा विघटन कार्यको सशक्त प्रतिवाद गर्ने गठबन्धन दलको निर्णय

दार्चुला । विपक्षी गठबन्धनका शीर्ष नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा विघटनको कार्य प्रतिगामी कदमको संज्ञा भएको ठहर गरेको छ ।

गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकले यस प्रतिगामी कार्यको राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

पाँच दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षर सहित सर्वोच्च जाने निर्णय गरेको हो ।

संसद भवन नयाँ बानेश्वरमा कांग्रेस सभापति शेरवहादुर देउवा, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेका बरिष्ठ नेता माधव नेपाल र राजमो उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरुको बैठक बसेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?