दार्चुला । सरकार र थारु कल्याणकारिणी सभाबीच रेशम चौधरीलगायतमाथि लागेको मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको छ ।
थरुहट थारुवान आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनामा आरोपित रेशम चौधरी, धनिराम चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने सहमति भएको हो ।
त्यस्तै थरुहटरथारुवान आन्दोलनका क्रममा ज्यान गुमाइ राहत नपाएका परिवारलाई राहत दिने, शहीद परिवारको उचित व्यवस्थापन गर्ने घाइतेको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न ठाउँमा भएको धनजनको क्षतिको छानबिन र मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।





प्रतिक्रिया