ओलीको प्रस्ताव : एमालेलाई जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाऔँ

दार्चुला । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वास्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गर्नुभएको छ ।

एमालेका नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू असन्तुष्ट भइ पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले आज ६ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको हो ।

राष्ट्रिय राजनीतिक उतारचढावसँगै पार्टी हित विपरीत लागेको भन्दै विभिन्न नेताहरूलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरूले अनौपचारिकरूपमा एकताका लागि पहल गरेका थिए । त्यसैको प्रत्युत्तरमा आज अध्यक्ष ओलीले पार्टी कमिटी र जनसंगठनहरू मूलभूतरूपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्रीबाट आफूलाई पदबाट हटाइ विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सर्वाेच्च अदालतमा दायर रिटबाट पार्टीका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनुपर्ने पनि प्रस्ताव गर्नुभएको छ । अध्यक्ष ओलीले यसबीचमा भएका कारबाही फिर्ता गरिने र कुनै पूर्वाग्रह र भेदभाव नराखिने पनि स्पष्ट गर्नुभएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ

फोटो विवरण उपलब्ध छैन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?