एमाले दार्चुलाको सचिवालय बैठक सम्पन्न, जिल्ला अधिवेशन मंसिर ६ र ७ गते खलंगामा गर्ने

दार्चुला । नेकपा एमाले दार्चुलाको सचिवालय बैठक जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीको अध्यक्षता र प्रदेश कमिटी सह इन्चार्ज एबं सासंद गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा उपस्थित जिल्ला कमिटी सचिवालय सदस्य तथा नेताहरुले आआफ्नो क्षेत्रको पार्टी कामको रिपोर्टिङ गरेका थिए । दार्चुलाका ६१ वटै वडामा कार्तिक ६ गतेदेखी वडाअधिवेसन सम्पन्न गर्ने निर्णय गरिएको छ । पालिका अधिवेशसन सम्पन्न गर्न सबै स्थानीय तहका लागि उत्प्रेरक तोकिएको छ । भने अधिवेसनको कार्यतालिका समेत तय गरिएको छ । जसअनुसार महाकाली नगरपालिकाकामा कार्तिक ९ गते नगर अधिवेसन सम्पन्न गर्नका लागि गणेशसिंह ठगुन्ना र चरन बुढाथोकीलाई उत्प्रेरक तोकिएको छ । १० गते दुहुँ गाउँपालिकामा गाउँपालिका अधिवेसन सम्पन्न गर्न उदय बडाल, ११ गते व्यासमा अधिवेशन गर्न नगेन्द्र तिकंरी, १३ गते नौगाडमा अधिवेसन सम्पन्न गर्न ज्ञानेन्द्र घर्ती, १४ गते मार्मा गाउँपालिकामा अधिवेसन गर्न लालबहादुर बिक, देबसिह महर, अकबर ठगुन्ना, प्रेमसिह धामी र धर्मानन्द मन्याललाई उत्प्रेरक तोकिएको छ । अपिहिमाल गाउँपालिकामा १५ गते अधिवेसन गर्ने गरी रामदत्त जोशी, १७ गते शैल्यशिखर नगरपालिकामा नगरअधिवेसन सम्पन्न गर्न मोहनसिह धामी, १८ गते लेकम गाउँपालिकामा अधिवेसन गर्न गेल्बु बोहरा र १९ गते मालिकार्जुनमा अधिवेसन सम्पन्न गर्न हरदेब जोशीलाई उत्प्रेरक तोकिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।

यस्तै बैठकले जिल्ला कमिटीलाई जिल्ला अधिवेसन आयोजक कमिटीमा रुपान्तरण गर्ने निर्णय गरिएको छ । जिल्ला अधिवेसन मंसिर ६ र ७ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गर्ने निर्णय भएको र जिल्ला अधिबेसन आयोजक कमिटीको बैठक कार्तिक २२ गते खलंगामा बस्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका प्रचारविभाग प्रमुख बडालले बताउनुभयो । यस्तै जिल्ला कमिटी सचिवालय सदस्य जहेन्द्र ऐतवालको संयोजकत्वमा १२ सदस्यिय आर्थिक उपसमिति चयन गरिएको छ । उक्त समितिको उपप्रमुख प्रेमसिह धामी र सचिव धर्मानन्द मन्याल रहनुभएको छ । नेकपा एमालेका संस्थापक नेता स्वर्गीय बिरबहादुर ठगुन्नाको बार्षिक पुण्यतिथिमा नौगाड गाउँपालिकामा हुने कार्यक्रममा सिगों जिल्ला कमिटी सहभागि हुने निर्णय गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

व्यास गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मंगलसिह धामी कांगेश परित्याग गरि एमालेमा प्रवेश गरेकोले स्वागत गर्नुका साथै पार्टीमा नवप्रवेसीहरु अरु सबैलाई स्वागत गर्ने निर्णय गरेको छ । चन्दा कुवरको अध्यक्षतामा जनसास्कृतिक महासंघ गठन गर्ने निर्णय गरिएको नेकपा एमाले दार्चुलाका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । अध्यक्ष जोशीद्धारा जारी अन्तरपार्टी निर्देशनमा दार्चुलाको विभिन्न भागमा आएको बाढी पहिरो लगायतको प्राकृतिक प्रकोपबाट पीडितहरुलाई राहात उपलब्ध गराउने निर्णय समेत गरिएको उल्लेख छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?