दार्चुला । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । अछामको साँफेबगर नगरकमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अबको पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने घोषणा गर्नुभएको हो । नेता रावलले हार जित जे भए पनि अध्यक्षमा उम्मेद्वारी दिने बताउनुभयो । रावलले कार्यकर्ताको इच्छा र आकांक्षा अनुसार आफूले उम्मेद्वारी तयारी गरेको भन्दै हार्ने डरले कार्यकर्तालाई निराश नबनाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, धेरैले मलाई प्रश्न गर्छन् अबको महाधिवेशनमा तपाईंको उम्मेद्वारी केमा भनेर अनि धेरैको सुझाव अध्यक्षमा लड्नु पर्यो भन्ने छ। त्यसैले हार्ने डरले म पछि हट्दिनँ। उहाँले आफ्ना कार्यकर्ताको लागि भए पनि अध्यक्षमा उम्मेद्वारी हुने र खरो उत्रिने बताउनुभयो। उहाँले प्रधानमन्त्री जस्तो व्यक्तिले एमसीसीका लागि गोप्य पत्र पठाएको छौं भन्नु जायज नभएको बताउनुभयो । नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबारको बैठक अवैध, अमान्य र गुठबन्धीको नमुना भएको समेत उल्लेख गर्नुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया