दुर्गादत्त मिश्र, दार्चुला । ६९ औं प्रहरी दिवस दार्चुलामा पनी भब्यताका साथ मनाइएको छ । आज जिल्ला प्रहरी कार्यालय दार्चुलामा एक कार्यक्रमको आयोजना गर्दै ६९ औं प्रहरी दिवस मनाइएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सञ्चारकर्मी एंव सरोकारवालाको उपस्थिति रहेको थियो ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक छत्र बहादुर रावतसहित ५ प्रहरी कर्मचारी सम्मानित भएका छन् । उत्कृष्ठ कार्य सम्पादन गर्ने ५ जना प्रहरी कर्मचारी ६९ औँ प्रहरी दिवसको अवसरमा सम्मानित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक छत्र बहादुर रावत, प्रहरी नायव निरीक्षक केशव खत्री शर्मा, प्रहरी चौकी हिकिलामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार कृष्ण बहादुर कामी, अस्थायी प्रहरी पोष्ट पुलघाटमा कार्यरत प्रहरी हवल्दार जयराज पन्त र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी सहायक हवल्दार बीर बहादुर साउँद रहेका छन् ।

उक्त कर्मचारीहरुलाई प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सम्मान पत्रद्धारा सम्मानित गरेका हुन् । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?