दुर्गाादत्त मिश्र, दार्चुला । दार्चुलाकै प्रसिद्ध औतालेक मन्दिरमा आज महाष्टमी जात्रा सुरु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–४ मा अवस्थित हुनैनाथ मन्दिर औतालेकमा आज जात्रा लागेको मन्दिरका पतरे (धामी) जितेन्द्र सिंह धामीले जानकारी दिनुभयो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी अशोज २५ गते (भोली) एकैदिन परेको बताईएपनी दार्चुलाको मालिकार्जुन क्षेत्रमा आज फुलपातीकै दिन महाष्टमी तिथि मानिएको र आजै जात्रा लागेको मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।
यस्तै विजया दशमीका दिन अशोज २६ गते पनी उक्त मन्दिरमा जात्रा लाग्ने बताईएको छ । वरदानीय हुनैनाथ देवताको दर्शनका लागि दार्चुला बैतडी तथा छिमेकी मुलुक भारतको सीमावर्ती भारतीय क्षेत्र जौलजिवी, धार्चुला, बालुवाकोट बाट समेत मन्दिरमा भक्तजनहरु आईपुगेको बताईएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया