दार्चुला । बैतडीमा लागूऔषध (ब्राउन सुगरसहित) एकजना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका–४ खोल्सीका २१ वर्षीय नरेश विकलाई २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित गयराती साढे १२ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक एंव सूचना अधिकारी जनकराज ढुंगानाले जानकारी दिनुभयो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउँदको नेतृत्वमा खटिएको टोलीले उनलाई दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका –६ स्थित सुर्नया नदीको पक्की पुल नजिकबाट नियन्त्रणमा लिएको हो ।

उनी पहिलादेखि ब्राउन सुगर ओसारपोसारमा संलग्न रहेको हुन सक्ने आशंका गरिएको छ । पक्राउ परेका विकमाथि लागू औषध ओसारपोसार मुद्दामा अनुसन्धान हुने प्रहरी निरीक्षक ढुंगानाले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?