दार्चुला । भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । बुधवार राति मुम्बईस्थित एक अस्पतालमा उउद्योगपति टाटाको निधन भएको हो ।
टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिनुभएको छ । यस्तै टाटाको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले रतन टाटाको निधनबाट भारतले एउटा आइकनलाई गुमाएको बताउनुभयो । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि रतन टाटालाई एक भिजिनरी बिजनेस लिडर र एक असाधारण व्यक्तिको रुपमा सम्झिएका छन् रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो ।
उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया