राष्ट्रिय युवा संघ दार्चुलाको अधिवेसन सम्पन्नः पालको अध्यक्षतामा कमिटी चयन

दार्चुला । राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको आठौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

जिल्ला सदरमुकाम खंलगास्थित दार्चुला विकास संगठनको हलमा सम्पन्न आठौँ अधिवेसनबाट मुकेश पालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी चयन गरिएको छ ।

संघको उपाध्यक्षमा ललित खत्री, सचिवमा सुरेश सिंह महरा, सहसचिवमा रविन्द्र सिंह धामी, कोषाध्यक्षमा निरुता ओड सहित ३१ सदस्यीय नयाँ कमिटी चयन गरिएको संघका उपाध्यक्ष ललित खत्रीले जानकारी दिनुभयो ।

राष्ट्रिय युवा संघका जिल्ला संयोजक महेश भण्डारीको अध्यक्षतामा उद्घाटन भएको अधिवेशन उद्धघाटन शत्रमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवम् दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा एमाले केन्द्रिय सदस्य तथा युवा संघ इन्चार्ज राजिव पहाडी, युवा संघका केन्द्रिय उपाध्यक्ष रमेश तिवारी, एमाले प्रदेश कमिटी सदस्यहरु प्रेमसिंह धामी, उमेश सिंह खत्री, हिरासिंह धामी लगायत नेता कार्यकर्ताहरुको आथित्यता एंव उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?