दार्चुला । पुस १८ देखि २१ गतेसम्म आयोजना भएको नेकपा (एमाले) दार्चुलाको नवौँ जिल्ला अधिवेसनबाट नयाँ कमिटी निर्वाचित भएपछि पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरिएको छ । एकता र सहमतिको सन्देशसहित सर्वसम्मतरुपमा सम्पन्न भएको अधिवेसनबाट ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा ८८ सदस्यिय जिल्ला कमिटी सर्वसम्मतरुपमा निर्वाचित भएपछि एमाले दार्चुलाको पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।
कमिटीको उपाध्यक्षमा क. परमानन्द जोशी, सचिवमा क. उमेशराज जोशी, उपसचिवमा क. कर्णबहादुर खडायत र क. कमला पन्त बिष्ट निर्वाचित हुनुभएको छ । पत्रकार सम्मेलनमा एमाले दार्चुलाका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र घर्तीले अधिवेशनबाट पारित प्रस्तावहरूबारे जानकारीका साथै पार्टी संगठन निर्माण, विकास निर्माण र सामाजिक परिवर्तनमा एमालेको आगामी कार्ययोजनाबारे जानकारी दिनुभएको छ । नेकपा (एमाले) को देशव्यापी मिसन २०८४ को अभियान सफल पार्न हाल दार्चुलामा ५,१०१ संगठित सदस्यता रहेकोमा एक वर्षभित्रमा ६ हजार पुर्याउने बताइएको छ । पार्टी निर्माण, सुदृढिकरण, विस्तार र सुद्धिकरण अभियान अन्तरगत केन्द्रीय समयतालिका अनुसार पालिका र वडा अधिवेसनसमेत सम्पन्न गर्दै जनस्तरसम्म एमालेका कार्यक्रमहरु लैजाने उहाँले बताउनुभयो । निस्कृय कार्यकर्ताहरुलाई सक्रिय बनाउदै पार्टी काममा सहभागि गराउने उहाँको भनाइ छ ।
जिल्लामा सञ्चालनमा रहेका महत्वपूर्ण आयोजनाहरुको निर्माणको अवस्था सुस्त रहेकाले ती योजनाहरुको निर्माणमा गति लिन पहल गर्दै गठबन्धनको सरकार बनेपछि कटौती भएका र बजेट अभावमा सुस्त रहेका विकास निर्माणका महत्तपूर्ण योजनाहरुको बजेट र गति बढाउन पहल गर्ने, जनदबाब सिर्जना गर्ने पत्रकार सम्मेलनका प्रमुख अतिथि एबं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले बताउनुभयो । विकास र सामाज सुधारमा पार्टी संगठन परिचालन गर्ने, पार्टी संगठनमा प्रशिक्षण र अनुशासन कायम गर्ने, लागुऔषध तथा अपराध नियन्त्रणका लागि प्रहरीसंग सहकार्य गर्ने, आर्थिक विकास र सामाजिक परिवर्तनका लागि सरोकारवाला कार्यालय, निकाय वा व्याक्तिहरुसंग सहकार्य गर्दै अगाडी बढ्ने लगायतका कार्ययोजना रहेको एमाले दार्चुलाले जनाएको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) पोलिटब्युरो सदस्य एबं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । एकताको सन्देश सहित निर्वाचित भएको जिल्ला कमिटीले दार्चुला जिल्लाको पार्टी सुदृढिकरण अभियान तथा संगठन निर्माण कार्यलाई मुख्य कार्ययोजना बनाइ केन्द्रीय कमिटीले तोकेको समयसिमा भित्र पालिका र वडा कमिटी अधिवेसन सम्पन्न गर्ने बताइएको छ । जिल्लाको विकास निर्माणका योजनाहरुमा गरिएको बजेट कटौती, विकास निर्माणमा भइरहेको ढिलासुस्ती र महत्तपूर्ण विकासे योजनाहरु सञ्चालन गर्नको लागि स्थापना भइ कार्यसञ्चालन गरिरहेका कार्यालयहरु विस्थापित गरिएको प्रति एमाले दार्चुलाले जनदवान सिर्जना गर्दै विकास निर्माणमा भूमिका निर्वाह गर्ने कार्यक्रमका प्रमुख अतिथि ठगुन्नाले बताउनुभयो । जिल्लाको विकासको लागि मेरुदण्ड मानिएका दार्चुला तिंकर सडक, गोकुलेश्वर विमानस्थल लगायत विभिन्न महत्तपूर्ण आयोजना र दार्चुलाको उत्तरी तिंकर नाका तथा अद्यागमन कार्यालय स्थापनाको कार्य अगाडी बढिरहेको अवस्थामा गठबन्धनको सरकारले स्थापनामा ध्यान नदिएकोले त्यसका लागि पहल गर्ने बताइएको छ । गठबन्धनको सरकार भन्दा पनि एकल बहुमतको सरकारबाट मात्रै सुखी नेपाली, समृद्ध नेपालको सपना पुरा हुने भएकोले अगामी ०८४ को चुनावमा वडा, पालिकादेखि प्रदेश र प्रतिनिधिसभामा नेकपा (एमाले) को एकल बहुमतको सरकार स्थापनागर्न आम जनसमुदायसमक्ष अपिल गर्ने एमालेले जनाएको छ ।
जिल्ला अधिवेसन सम्पन्न गर्नका लागि आ–आफ्नो क्षेत्रबाट अमूल्य भूमिका निर्वाह गर्ने समस्त जिल्लाबासी, अतिथि, अधिवेसन प्रतिनिधि लगायत सरोकारवाला सम्पूर्ण निकाय र व्यक्तिहरुलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै अगामी दिनमा विकास, समाजिक परिवर्तन र समृद्धिका लागि जनता, कार्यकर्ताको माझँमा रहने प्रतिवद्धता एमाले नेताहरूले व्यक्त गरेका छन् ।
अधिवेशनबाट पारित मुख्य प्रस्तावहरू हेर्नुहोस्
📸 Watch this video on Facebook
https://www.facebook.com/share/v/tAFFSFf1jm2ZXZ5H/?mibextid=HSR2mg

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया