दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा घरेलु तथा साना उद्योग र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखहरुको सरुवा भएको छ ।
बुधवार (हिजो) सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयको निर्णयअनुसार घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाका प्रमुख गंगा कुमारी मगरको डिभिजन वन कार्यालय दार्चुला र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका प्रमुख डम्बर प्रसाद धितालको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कैलाली सरुवा भएको छ ।
जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको प्रमुखमा डडेल्धुरा कार्यालयबाट रामरथ खरेल आउने भएका छन् । धिताल गत वर्षको भदौ महिनामा दार्चुला आएका थिए । यस्तै घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाको प्रमुखमा डिभिजन वन कार्यालय दार्चुलामा कार्यरत केशव दत्त जोशीलाई खटाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया