लेकममा ३० जना शिक्षक तथा कम्प्युटर अपरेटरहरुलाई नियुक्ति प्रदान

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले पालिकाभित्रका विद्यालयका लागी विभिन्न मिति र तहमा माग गरेका ३० जना शिक्षक तथा कम्प्युटर अपरेटरहरुलाई आज एकमुष्ट रुपमा नियुक्ति प्रदान गरेको छ ।

गाउँपालिकाले खोलेको विज्ञापनमा सहभागी भई अशोज चार गतेबाट ८ गतेसम्म परीक्षामा उर्तिण भएका  भएका सात जना कम्प्युटर अपरेटर, सात जना निम्न माध्यमिक तहका शिक्षक, आधारभुत तहका दुई  जना , वाल विकास सहजकार्ता १० जना र  प्राथमिक तहका चार जना गरी ३० जना शिक्षक तथा कम्प्युटर अपरेटरहरुलाइ बुधवार (आज) एक कार्यक्रमका बिच नियुक्ति पत्र प्रदान गरिएको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष रामदत्त जोशी, प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, वडा अध्यक्षहरु, पालिकाका कर्मचारी लगायत सरोकारवालाहरुको उपस्थितिमा लेकमको शैक्षिक सुधारमा अहम भुमिका खेल्न निर्देशन तथा बधाई ज्ञापन गर्दै उक्त कर्मचारीहरुलाई नियुक्ति प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?