दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको अपिहिमालमा गाउँपालिकास्तरीय अध्यक्ष प्रिमियर अण्डर–१९ क्रिकेट प्रतियोगिता २०८१ को उद्धघाटन गरिएको छ । अपिहिमाल गाउँपालिकाद्धारा आयोजित क्रिकेट प्रतियोगिताको कार्तिक ७ गते (आज) वडा नम्बर–४ मा अवस्थित सम्तैलीचौड खेलमैदानमा एक कार्यक्रमका बिच भब्य उद्धघाटन गरिएको हो ।

उद्धघाटन शत्रमा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक गगन सिंह कार्कीको अध्यक्षता र उपाध्यक्ष देबकी देबी बोहराको प्रमुख आतिथ्यतामा रहेको थियो । यस्तै कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्र बहादुर रावल, गाउँपालिका प्रवक्ता रबिन्द्र सिंह बोहरा, वडा अध्यक्षहरु, स्थानीय एंव खेलप्रेमीहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

पालिकाभित्रका ७ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा बिजेतालाई नगद रु ३० हजार १ सय ९९  ट्रर्फी तथा मेडल र उपबिजेतालाई नगद रु २० हजार १ सय ९९  ट्रर्फी तथा मेडल प्रदान गरिने अपिहिमाल गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिनुभयो । क्रिकेट प्रतियोगिता कार्तिक १० गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?