दार्चुला । दार्चुलामा क्रियाशील प्रमुख राजनीतिक दलका शिर्ष नेतासहितको टोलीले विकास तथा जिल्लाका महत्तपूर्ण समस्या समाधान गर्नका लागि सरकारसंग माग गरेको छ । नेकपा (एमाले) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक लगायतलाई छुट्टाछुट्टै भेटेर प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री एबं कांग्रेश नेता दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री एबं एमाले पोलिटब्युरो सदस्य, दार्चुलाका इन्चार्ज गणेश सिंह ठगुन्ना, एमाले केन्द्रीय सदस्य हरदेव जोशी, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर, माओबादी केन्द्रका नेता एबं मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी लगायत जनप्रतिनिधि र विभिन्न दलका नेताहरुले जिल्लाको विकासका लागि सामुहिक माग गरेका हुन् ।

महाकाली करिडोर अन्तर्गतको दार्चुला तिंकर सडक खण्डको तुषारपानी कोठेधार–तिंकर सडक खण्डलाई छुट्टै परियोजना बनाई प्रयाप्त बजेट विनियोजन गर्न माग गरिएको छ । गत र चालु आर्थिक वर्षमा यो सडक खण्डमा अत्यन्त न्यून बजेट बिनियोजन हुँदा निर्माण कार्य सुस्त रहेकाले चालु आर्थिक वर्षमा न्यूनतम ४० करोड बजेट बिनियोजन गरि निर्माण कार्यलाई तिब्रता दिन अनुरोध गरिएको छ । यस्तै अबिरल बर्षाबाट दार्चुलाको मार्मा गाउँपालिकाको मर्मती, गन्याडी (वडा नम्बर ४÷५) लगायत बस्तिहरुमा ठूलो क्षति भई बिस्थापित भएका र अन्य ठाउँहरुमा पनि क्षति भएका घरधुरिहरुलाई राहत तथा पुनस्थार्पनाको ब्यबस्थाकालागि माग गरिएको छ । महाकाली करिडोर अन्तरगत दार्चुलाको लेकम गाउँपालिका र बैतडीको दोगडाकेदार गाउँपालिका जोड्ने धनथला मोटरेबल पुल निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन माग गरिएको छ ।

तिकंर सडक, गोकुलेश्वर विमानस्थल, धनथला मोटरेबल पुल, मार्माको बाढी पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापना लगायत दार्चुलाको समग्र विकास निर्माणको लागि सर्वदलिय राजनीतिक पहल भइरहेको नेताहरुले बताएका छन् । जिल्लाका शिर्ष नेताहरुले एकसाथ विकास निर्माणको लागि मागपत्रसहित प्रधानमन्त्री र मन्त्रीहरुलाई सामुहिकरुपमा भेटेको विषयमा मतदाताले सकारात्मक प्रतिक्रिया दिएका छन् । विकासको लागि भएको सकारात्मक पहलले सकारात्मक नतिजा आउनुपर्ने स्थानीय बुद्धिजीविहरुको भनाई छ । अहिले प्रदेश र केन्द्रमा प्रमुख राजनीतिक दल एमाले, कांग्रेशसहितको सरकार छ ।

No description available.

No description available.

No description available.

No description available.

तस्बिरः सामाजिक सञ्जाल

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?