दार्चुला । दार्चुलाबाट निर्वाचित संविधानसभा सदस्य तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले आफ्नो कार्यकालमा भए गरेका महत्तपूर्ण कामको सूची सार्वजनिक गर्नुभएको छ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य समेत रहनुभएका नेता ठगुन्नाले २०५४ सालमा जिल्ला विकास समिति सभापति निर्वाचित भएदेखि हालसम्म विभिन्न कार्यकालमा गरेका मुख्य कामहरुको विवरण सार्वजनिक गर्नुभएको हो ।

नेता ठगुन्नाले सार्वजनिक गरेको विवरण अनुसार अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गर्नेदेखि विभिन्न नीतिगत निर्णय र जिल्लाका विकासका लागि योजना आयोजना कार्यान्वयनको विषय मुख्य उपलब्धीका रुपमा समेटिएको छ । आफ्नो भूमिका तथा पहलमा निर्माणसम्पन्न भएका, निर्माणाधिन र कार्यान्वयनको चरणमा रहेका प्रमुख कामहरुको विवरण उहाँले सामाजिक सञ्जाल फेसबुकमा समेत राख्नुभएको छ ।

नेता ठगुन्नाले फेसबुकमा राखेको स्टाटस हेर्नुहोस:

मेरो जिल्ला विकास समिति सभापतिका ५ बर्ष/संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य का ९ बर्ष / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको ५ महिने कार्यकाल
(क) जिल्ला विकास समिति सभापति ( २०५४-०५९) हुँदा ५ बर्षका ५ महत्वपूर्ण काम
१) जिल्ला कै पहिलो स्नातक क्याम्पसको स्थापना ( दार्चुला बहुमुखी क्याम्पस)
२) विश्व खाद्य कार्यक्रम (WFP) अन्तरगत देथला-खार-खलंगा सडक स्विकृत भई निर्माण कार्य शुरु, हजारौं मेट्रिक टन चामल कार्यक्रम मार्फत स्थानीय जनतालाई उपलब्ध ।
३) BBLL कार्यक्रम मार्फत ५ बर्षमा ७२ झोलुङ्गे पुल निर्माण
४) दार्चुला- तिंकर घोरेटो बाटो ५ बर्षमा बाह्रै महिना आवागमन सञ्चालन
५) UNDP अन्तर्गत LGP कार्यक्रम जिल्लामा पहिलो पटक सञ्चालन
(ख) मेरो संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य को अवधि ९ बर्षका ९ मूख्य कामहरु
१) लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका भू-भाग बिनाको नेपाली नक्सा सबै आधिकारिक निकायहरुमा राखिएको थियो । मैले मिति २०७५/०५/२४ गते तत्कालिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल लाई पत्र लेखि नक्सा सच्याउन माग गरे । सम्माननिय प्रधानमन्त्री के पि शर्मा ओलि ज्यु को दृढ अठोट का कारण प्रक्रिया बढ्दै गएर अन्त्यमा नेपाल सरकार र सम्पूर्ण राजनितिक दलहरुको एकताबद्ध प्रयासमा त्यो भू-भाग समेटिएर नेपाली नक्सा संविधानमा नै स्थापित भयो । दार्चुलाका जनताहरुको अभिमतको बलमा हाम्रो भूमि नक्सामा भएपनि समावेश गरि औपचारिक दाबि गर्ने अवस्थामा पुग्न सकियो । यो देश र जनताप्रतिको आधा (५० %) उत्तरदायित्व पूरा गरेको मैले ठानेको छु ।
२) दार्चुला तिंकर सडक अन्तरगत कोठेधार देखि तिंकर सडक नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिने निर्णय गराईयो । यस सन्दर्भमा तत्कालिन रक्षा मन्त्री ईश्वर पोख्रेललाई दार्चुला ल्याई सार्वजनिक मञ्चबाट घोषणा समेत गर्न लगाईयो । निकै लामो प्रक्रिया पछि यो निर्णय गर्न सफल भईयो ।
३) आर्थिक र प्राविधिक रुपले जटिल अवस्थामा पुगेको गोकुलेश्वर एयरपोर्टको नयाँ DPR निर्माण गरि रु ५० करोड को बहुबर्षिय योजना स्विकृत गरियो । पहिलो चरणको काम सम्पन्न भएको छ र अब धावनमार्ग निर्माण लगायत अन्य कामहरुको ठेक्का प्रक्रिया बढाउनु पर्ने छ । यद्यपि यस बिचका सरकारहरुले गरेको बजेट कटौतीको भार गोकुलेश्वर एयरपोर्टले पनि खेप्नु परेको छ ।
४) दार्चुला सदरमुकाम बाट सुनसेरा सम्म र बेत बाट उकु सम्म सडक कालोपत्रे गर्न दार्चुला जिल्ला कै ईतिहासमा सबभन्दा ठूलो ठेक्का ३ अर्ब २८ करोडको सञ्चालन भै निर्माण कार्य भईरहेको छ। यस्तै निर्वाचन क्षेत्र रणनितिक सडक अन्तर्गत निर्वाचित सदस्यले सिफारिस गर्नु पर्ने रकम रु ६० करोड बिटुले – पारिबगर र दल्लेख – खार खण्ड मा ठेक्का आव्हान भई काम सञ्चालन भईरहेको छ ।
महाकाली कोरिडोरको धनथला – कुणी – उकु खण्डमा झण्डै ४० करोडको ठेक्का भई निर्माण कार्य भई रहेको छ ।
– संघ /प्रदेश समपूरक अनुदान अन्तरगत गोकुले- बन्तोलि – पनेबाज सडक र तपोवन – मुरै निम्ठा सडक मा १ अर्ब ६० करोड स्विकृत गराई निर्माण कार्य भईरहेको छ । यसबाहेक दर्जनौं साना सडकहरुमा पनि बजेट बिनियोजन गरिएको छ ।
५) ग्रामीण विद्युतिकरणको क्षेत्रमा नेकपा(एमाले) को सरकार हुदा एक प्रदेशमा एक जिल्ला पूर्ण विद्युततिकरणमा दार्चुला जिल्ला पार्न सफल भईयो । अहिले झण्डै १ अर्ब २५ करोड भन्दा बढिको दार्चुला विद्युतिकरण आयोजनाको काम भई रहेको छ ।
६) सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको अठोट तुईन उन्मुलन कार्यक्रम अन्तर्गत दार्चुला जिल्लामा लालि/ बाँकु/ बडुगाँउ / तिग्रम / मलघट्टे / माल मा पूल निर्माण भई आवागमन सञ्चालन भएको छ । मैले स्वयम् मन्त्री हुँदा शेरी, तपोवन र चौकीबगरमा मोटरेबल पुल स्विकृत भई निर्माण भईरेहका छन् । यसबाहेक दर्जनौं पुलहरु निर्माण भएका छन् ।
लेकम धनथला चमेलिया नदिमा मोटरेबल पुल निर्माणको लागि टेण्डर स्विकृतिको प्रकृयामा छ ।
७) दार्चुला जिल्लामा सयौं खानेपानी योजनाहरु सञ्चालन भएका छन् । दर्जनौं लिफ्टिङ खानेपानी योजना सम्पन्न भएका छन् । रू २५ करोड लागतको झण्डै १३ सय घरधूरि मा पानी पुग्ने चमेलिया कुणी खानेपानी मेरै पहलमा स्विकृत/ सञ्चालनको अवस्थामा रहेको छ ।
८) बजेट स्विकृत र स्थान अभावमा बेबारिस रहेको दार्चुला जिल्ला अस्पताल भवन म स्वयं मन्त्री हुदा बजेट स्विकृत र पुरानै ठाँंउमा निर्माण गर्न सहरी विकास विभाग लाई जिम्मेवारी दिए अनुसार करोडौं लागतको अत्याधुनिक जिल्ला अस्पताल भवन निर्माण चरणमा छ । यद्यपि ठेकेदारको ढिलाईले प्रगति सुस्त रहेको छ ।
९) ब्याँस गाँउपालिकाको छांगरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना सदरमुकाममा गण स्थापना लगायत कतिपय स्थानहरुमा BOP स्विकृत गरिएको छ ।
(ग) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा ५ महिनामा ५ मुख्य काम
१ ) कर्मचारी सरुवा पारदर्शी बनाईयो, अनलाईन मार्फत आवेदन गरि भनसुन बिना नै सरुवा गर्ने व्यवस्था शुरु गरियो । मन्त्रीको सचिवालयमा देशभर सरुवाकोलागि कुनै एक जनाले एक सय रुपिया सम्म पनि घुष दिएको / लिएको रेकर्ड तपाई पाउनु हुने छैन ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सरुवा सम्बन्धी कुनै कानुनी व्यवस्था नरहेको अवस्थामा मन्त्रीपरिषद् बाट मापदण्ड स्विकृत गराई स्थानीय तहका हजारौं कर्मचारीहरुलाई पायक पर्ने स्थानमा सरुवा गर्ने व्यवस्था मिलाईयो ।
२) विगत लामो समय देखि तत्कालिन जिल्ला विकास समिति मा कार्यरत कर्मचारी अवकास पश्चात उपदान पाउने स्रोत निश्चित थिएन । जिल्ला विकास/ वा समन्वयमा स्रोत भए उपलब्ध हुने स्रोत नहुने अवस्थामा कुन निकायबाट उपलब्ध हुने भन्ने यकिन नहुँदा कैयौं व्यक्तिहरू अवकास पश्चात पनि सुविधा पाउनबाट वञ्चित थिए । मैले मन्त्रालय सम्हाले पश्चात त्यस्ता कर्मचारीहरुलाई नेपाल सरकार अर्थ मन्त्रालयबाट उपदान निकास गरि संघिय मामिला मन्त्रालयले उपलब्ध गराउने व्यवस्था मिलाए ।
३) प्रमुख प्रशासकिय अधिकृत नपठाई निमित्त दिने मा ठूलो चलखेल थियो । प्रशासन र अन्य सेवा का कर्मचारी बिच विभेद थियो । अन्य सेवा का अधिकृत भए पनि मुनि बस्नु पर्ने प्रशासनको ना.सु. भए पनि हाकिम हुने प्रचलन थियो । मैले यो बेथितिको अन्त्य गर्ने निर्णय गरे र निमित्त दिनु पर्ने अवस्था आए जुनसुकै सेवा समुहका भए पनि सिनियरलाई अनिवार्य रुपमा निमित्त दिने व्यवस्था गरे जसले भनसुन र लेनदेन पूर्णतया बन्द भएको छ ।
४) दुर्गम हिमाली जिल्लाहरुमा विकास बजेट संघबाट न्यून विनियोजन हुने गरेको सन्दर्भमा दार्चुला लगायत हिमाली जिल्लाहरुमा हिमाल समृद्धि कार्यक्रम सञ्चालन गरे ।
५) कालोपत्रे सडक नभएका प्रत्येक पालिकामा कालोपत्रे सडक पुर्याउन विश्व बैंक संगको सहकार्यका २२० पालिका केन्द्र जोड्ने सडकहरुको एकै चोटि स्विकृति गरियो यद्यपि त्यस पछिको सरकारले शो कार्यक्रमलाई ओझेलमा पारेकोले उल्लेखनिय प्रगति हुन सकेन तर पनि यो कार्यक्रम अहिले पनि जिवित नै छ । आगामी दिनमा यसले गति लिनेमा आशावादी छु ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?