चुनाव जितेको एक बर्ष बित्यो, माननीय खोज्दै मतदाता

दार्चुला । प्रतिनिधिसभा र प्रदेशसभामा सासंदहरु निर्वाचित भएको एक वर्ष वितेको छ । गतवर्षको मंसिर ४ गते एकै चरणमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा २ सय ७५ र प्रदेशसभामा ५ सय ५० जना जनप्रतिनिधि चयन भए । सोही क्रममा दार्चुलाबाट प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई जना सासंद निर्वाचित भए ।

यसरी चयन भएका जनप्रतिनिधिले आफ्नो भूमिका कत्तिको जिम्मेवारीका साथ पूरा गरे र जनताका आकांक्षा कति सम्बोधन गरे भन्ने प्रश्न उठ्न थालेको छ । दार्चुलाबाट पूर्वमन्त्री समेत रहनुभएका कांग्रेश केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभामा तथा कांग्रेशकै नेता बिक्रमसिंह धामी र माओबादी केन्द्रका नेता एबं पूर्वमन्त्री मानबहादुर धामी प्रदेशसभामा गठबन्धनको तर्फबाट निर्वाचित भएपछि अधिकांस जनताको घरदैलोमा पुग्न सक्नुभएन । सबै जनताको घरदैलोमा पुग्न कार्यव्यस्तताले सकिएन भनेर चित्त बुझाउने हो भनेपनि जनअपेक्षाको सम्बोधन र आफ्नो जिम्मेवारी कुसलतापुर्वक निर्वाह गर्न सक्नुभएन । न त सासंदको मुख्य काम कानुन निर्माणमा भूमिका नै खेल्न सक्नुभयो ।

आफुले मत दिएर माननीय बनाएका सासंदहरुले जिम्मेवारी पुरा गर्न नसकेपछि जनता निरास मात्रै छैनन असन्तुष्ट र आक्रोशित बन्न थालेका छन् । कांग्रेशको भातृ संगठन नेबि संघका नेता दिपक खातीले शुक्रबार विहानै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जनताले माननियहरुको खोजि गरिरहेको भन्दै एक वर्षको उपलब्धी सार्वजनिक गर्न अनुरोध गर्नुभयो । उहाँले लेख्नुभयो, “हेलो माननीय दिलेन्द्र प्रसाद बडू, बिक्रम सिह धामी र मानबहादुर धामी ज्यू, गत बर्ष मंसिर ४ गते मतदान भई आज ८ गते दार्चुलामा गठबन्धनका उम्मेदवार बिजय भएर बिजय जुलुस बनाएको १ बर्ष पुग्यो । माननीय ज्यू तपाई सदनमा पुग्नु भो आज गाउँका जनता सोध्दै छन् । कहाँ छन् तपाईका माननीय ? १ बर्षमा आफ्ना मतदाता र आफ्नो निर्वाचन क्षेत्रको लागी के के कार्यक्रम र बजेट ल्याउनु भो ? आफ्नो एक बर्षको उपलब्धि सार्वजनिक गर्नुहोस् । खोलो तरेर लौरो बिर्सएको जस्तो आम मान्छे बाट माननीय बनेर आफ्नो धरातल र आफ्ना मतदाता नबिर्सनु । शक्ति सत्ता अस्थाई हो स्थाई होइन ।”

खातीले खेलेको उक्त स्टाटसमा व्यक्तिगत विचार मात्रै होइन आम जनताको भावना झल्किन्छ । चुनावमा कोरा भाषण र आश्वासनका चाँङ बाडेर प्रदेशसभा र प्रतिनिधिसभामा छिरेका सासंदहरुलाई अहिले भेट्न समेत मुस्किल हुने गरेको जनगुनासो छ । साथै चुनाव जिताउन तीनै जनालाई मन्त्रि बनाउने आश्वासन बाँडेका गठबन्धन दलका शिर्ष नेताहरुले दार्चुलाबाट चुनाव जितेर गएपछि निर्णायक भूमिका समेत नदिएपछि सासंदहरुलाई काम गर्न समेत सजिलो छैन् । एकातिर विकास, निकासमा सासंदको क्रियाशीलता नहुनु र अर्कोतिर भूमिका समेत नहुदा दार्चुलाबासीले निरासा बाहेक एक वर्षको अवधिमा उल्लेख्य केही पाउन सकेनन् ।

देशकै अवस्था हेर्दा पनि चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ । यसबीचमा सरकार र संसद्को काम प्रभावकारी हुन नसकेको सांसदहरुले नै गुनासो गरेका छन् । गएको वर्षको चुनावमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बनेका थिए । कांग्रेसलगायतका दलहरुसँग गठबन्धन गरेर तेस्रो स्थान हासिल गरेको माओवादीको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ ।

शुरुमा एमालेको साथ पाएर प्रधानमन्त्री नियुक्त हुनुभएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछि फेरि सत्ता समीकरण परिवर्तन गरी पहिलेकै गठबन्धनलाई निरन्तरता दिनुभएको छ । गएको वर्षको चुनावबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो शक्तिको रुपमा उदाएको थियो । नागरिक उन्मुक्ति, जनमुक्ति र राप्रपाले पनि संसदमा बलियो उपस्थित जनाएका छन् । चुनाव भएको वर्ष दिन नपुग्दै केही दलहरु २०८४ सालमा हुने चुनाव लक्षित अभियानमा जुटिसकेका छन् ।

विगतमा सुरु भएका कतिपय महत्तपूर्ण योजनाहरुमा समेत बजेट कटौती गरिएको भन्दै एमाले लगायत प्रतिपक्षी दलहरुले विरोध गरिरहेको छ । दार्चुलाका कयौँ समस्याहरुमा सासंदहरुको ध्यान पुग्न नसक्दा जनताले सासंदहरुलाई गालि गर्न शुरु गरेका छन् । सासंदहरुको भूमिका माथि प्रश्न उठिरहदा प्रतिक्रियाबादी र पुरातनबादी शक्तिहरु राजनीतिक रोटी सेक्न लागिपरेका छन् । सरकार र सासंदहरुले जिम्मेवार ढंगले काम गर्न नसकेकै कारण व्यवस्थाप्रति नै असन्तोष बढ्न थालेको छ । विकास र समृद्धिका लागि सासंदहरुले सच्चिनुपर्ने बेला भएको छ ।

चुनावमा गरेका बाँचा जनताले विर्षेका छैनन, नेताहरुलाई विर्षिने छुट छैन् । अहिलेकै ढंगले अघि बढ्ने हो भने फेरी चुनावमा जादा जनताले लखेट्ने प्रतिक्रियाहरु समेत आइरहदा सासंदहरु सुध्रिनुको बिकल्न छैन् । दार्चुलाको विकासका लागि जनताले अपेक्षा गरेका जनजीविकाका समस्या समाधानका लागि सासंदहरुले काम गर्नैपर्छ, बाहाना बनाएर भाग्ने वा समस्याबाट पन्छिने छुट हुन सक्दैन….. बाँकी मतदाता एबं पाठकको जिम्मा ।
तपाइको प्रतिक्रिया लेख्नुहोला

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?