दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा प्रहरीले कार्तिक १ गतेबाट ७ गतेसम्म (एक हप्ताको) समयमा साढे चार लाख बढीको  भन्सार छलीको समान बरामद गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सात दिनको अवधिमा भन्सार छलीको ४ लाख ६९ हजार ६९० रुपैयाँ मूल्य बराबरको समान बरामद गरी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय दार्चुला बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

प्रहरीले आज मात्रै जिल्लाको महाकाली नगरपालिका वडा नम्बर–४ रिङनतालक्षेत्रबाट बेबारीसे अवस्थामा राखिएको ४८ हजार ६ सय मूल्य बराबरको अवैध कुबिन्डे मिठाई बरामद गरेको छ । यस्तै चालु आर्थिक वर्षको हालसम्म दार्चुला प्रहरीले २२ लाख २१ हजार १९० रुपैयाँ मूल्य बराबरको भन्सार छलीको समान वरामद गरेको जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?