दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा घरेलु तथा साना उद्योग र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखहरुको सरुवा भएको छ ।

बुधवार (हिजो) सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयको निर्णयअनुसार घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाका प्रमुख गंगा कुमारी मगरको डिभिजन वन कार्यालय दार्चुला र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका प्रमुख डम्बर प्रसाद धितालको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कैलाली सरुवा भएको छ ।

जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयको प्रमुखमा डडेल्धुरा कार्यालयबाट रामरथ खरेल आउने भएका छन् । धिताल गत वर्षको भदौ महिनामा दार्चुला आएका थिए । यस्तै घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाको प्रमुखमा डिभिजन वन कार्यालय दार्चुलामा कार्यरत केशव दत्त जोशीलाई खटाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?