फागुन २१ को चुनावका लागि १ सय २० दलको निवेदन

दार्चुला । आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावका लागि एक सय २० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आयोगका अनुसार दल दर्ताका लागि तोकिएको मंसिर १ गतेदेखि हिजो १४ गतेसम्मको अवधिमा दर्ता तथा एकल चुनाव चिन्ह प्रयोगका लागि एक सय २० वटा निवेदन प्राप्त भएको हो । आयोगले तोकेको कार्यतालिकाअनुसार दर्ता निवेदनहरूको आवश्यक जाँचबुझ, छानबिन र कानुनी योग्यता परीक्षण पूरा गरिने छ ।

योग्यता पुगेका राजनीतिक दललाई मंसिर २० गतेभित्र दर्ता स्वीकृति प्रदान गरिने आयोगले जनाएको छ । चुनावमा सहभागी हुने दलहरूको दर्ता व्यवस्थापन, चुनाव चिन्ह वितरण र अरु प्रक्रिया कानुन बमोजिम पारदर्शी रूपमा अघि बढाइने आयोगको भनाइ छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?