एमाले दार्चुलाको सचिवालय बैठक: स्थानीय निर्वाचन अध्ययन कार्यदल गठनदेखी बजेट सच्याउन माग गर्ने निर्णय

दार्चुला । नेकपा (एमाले) दार्चुलाले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटप्रति विरोध जनाउँदै तत्काल सच्याउन माग गर्ने निर्णय गरेको छ। पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले अधिकांश बजेट पार्टीको नीति तथा सिफारिसअनुसार नआएको र जनताका आधारभूत समस्या समाधानमा केन्द्रित नभएको निष्कर्षसहित प्रदेश सरकार तथा पार्टी प्रदेश कमिटीसँग बजेट सच्याउन माग गर्ने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री खगराज भट्ट, एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावल, अर्थमन्त्री चक्रबहादुर मल्लसहित सिंगो मन्त्रिपरिषद् र पार्टी प्रदेश कमिटीसँग बजेट सच्याउन माग गर्ने निर्णय गरेको छ ।

त्यस्तै, आसन्न स्थानीय तह निर्वाचनको तयारीका लागि जिल्लाको वस्तुस्थिति विश्लेषण तथा अवस्थाको अनुसन्धान गर्न सात सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ। कार्यदललाई दुई महिनाभित्र अध्ययन सम्पन्न गरी जिल्ला कमिटी बैठकमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

स्थानीय तह अध्ययन कार्यदलको संयोजकमा एमालेका पूर्व केन्द्रीय कमिटी सदस्य हरदेव जोशी रहनुभएको छ । सदस्यहरूमा प्रदेश कमिटी सचिवालय सदस्यहरू देव सिंह महर, नगेन्द्र तिंकरी र मोहन सिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती तथा पूर्वजिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी रहनुभएको छ । खडक बडाललाई कार्यदल सचिवको जिम्मेवारी दिइएको छ ।

एमाले जिल्ला कमिटी सचिवालय बैठकले २०८३ सालको विजयादशमी, शुभतिहार र छठलगायत चाडपर्वका अवसरमा पार्टीका सम्पूर्ण कमिटी, संगठित सदस्य, शुभेच्छुक तथा देश–विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्ने निर्णयसमेत गरेको छ ।

एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री तथा एमाले केन्द्रीय कमिटी सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा बैठक बसेको हो। निर्धारित एजेन्डा र समसामयिक विषयमा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?