दार्चुलाको शैल्यशिखरका करार कर्मचारीले महिनौँदेखि तलब पाएनन्, दसैँमा घरखर्च चलाउनै समस्या

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत करारका कर्मचारीले महिनौँदेखि तलब पाउन सकेका छैनन्। दसैँ नजिकिँदै गर्दा समेत पारिश्रमिक नपाएपछि नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी आर्थिक समस्यामा परेका छन्।

नगरपालिकामा कार्यरत केही करारका कर्मचारीले नौ महिनादेखि र केहीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। उनीहरूका अनुसार केही कर्मचारीको गत पुसदेखि र केहीको गत वैशाखदेखि पारिश्रमिक रोकिएको छ।

चाडपर्वको समयमा समेत काम गरेबापतको तलब नपाउँदा घरखर्च चलाउन र दसैँ मनाउन समस्या भएको कर्मचारीहरूको भनाइ छ। नियमित रूपमा काम गरे पनि महिनौँसम्म पारिश्रमिक नपाउँदा आफूहरू आर्थिक दबाबमा परेको उनीहरूले गुनासो गरेका छन्।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले न्यून बजेट तथा आन्तरिक स्रोतमा रकम अभाव हुँदा करारका कर्मचारीलाई तलब भुक्तानी गर्न नसकिएको बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेल मुटुसम्बन्धी समस्याका कारण उपचारका लागि काठमाडौंमा रहेकाले पनि तलब भुक्तानीमा ढिलाइ भएको उहाँको भनाइ छ। पौडेल काठमाडौंस्थित गंगालाल र अन्नपूर्ण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने भएकाले दसैँपछि नगरपालिका फर्किएर कर्मचारीको तलब भुक्तानी गर्ने जानकारी आफूले पाएको भट्टले बताउनुभयो।

नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, भेटेरिनरी तथा पञ्जीकरण शाखालगायत विभिन्न क्षेत्रमा कार्यरत करारका कर्मचारीले तलब नपाएको गुनासो गरेका छन्।

महिनौँसम्म करार कर्मचारीको पारिश्रमिक भुक्तानी नहुनुले नगरपालिकाको कर्मचारी व्यवस्थापन तथा प्रशासनिक प्रक्रियामाथि प्रश्न उठाएको छ। काम गरेबापत पाउनुपर्ने पारिश्रमिकसमेत दसैँको मुखमा नपाउँदा कर्मचारी अन्योल र आर्थिक दबाबमा परेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?