अपिहिमालमा माओबादीका दुई नेता एमाले प्रवेस

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा माओवादीका दुई जना नेता नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले अपिहिमाल गाउँपालिकाको विहिबार भएको गाउँपालिका कमिटी कार्यालय उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य चन्द्रसिह धामी र स्थानीय नेता विशनसिह धामी नेकपा एमालेमा प्रवेशमा गर्नुभएको हो ।

अपिहिमाल गाउँपालिका वडा नम्बर ५ का प्रभावशाली नेताद्धय धामी एमालेले आयोजना गरेको कार्यक्रममा सहभागि हुनुभएको नेकपा एमाले अपिहिमाल गाउँपालिकाका इन्चार्ज एवं अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो ।

लामो समयदेखि माओवादीमा रहनुभएका दुवै जना नेता नेकपा एमालेमा आएसँगै वडा नम्बर ५ मा एमाले अब बलियो भएर गएको अध्यक्ष मन्यालको प्रतिक्रिया छ । यस्तै सोही कार्यक्रममा अपिहिमाल गाउँपालिका ४ का नेपाली काग्रेसका युवा नेता कमलेशसिह धामी पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

नेकपा एमाले अपिहिमाल गाउँपालिका अध्यक्ष पोखरसिह रोकाया लगायतको नेता कार्यकर्ताको उपस्थितीमा कार्यालय उद्घाटन गरिएको छ ।

यस्तै नौगाड गाउँपालिकामा रामसिह ठगुन्नाको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ । नेकपा एमालेका सह सचिव चरनसिह बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँ कमिटी गठन गरिएको हो ।

नेकपा एमालेले दार्चुलाका सबै स्थानीय तहमा एकसाथ पार्टी कार्यालय उद्घाटन गरेको छ । नेकपा एमालेलाई सशक्त ढंगले अगाडी बढाउने संकल्पका साथ पार्टी कार्यालयहरु उद्घाटन गरिएको नेकपा एमाले दार्चुलाका प्रचारविभाग प्रमुख खडक बडालले बताउनुभयो ।

यो पनि पढ्नुहोस : दार्चुलाका सबै स्थानीय तहमा नेकपा एमालेका पार्टी कार्यालय उद्घाटन

नेकपा एमाले पार्टी कार्यालय उद्घाटनका तस्बिरहरु हेर्नुहोस

 

May be an image of ६ जना मानिसहरू, उभिएका मानिसहरू, बसिरहेका मानिसहरू तथा घरबाहिर

May be an image of २ जना मानिसहरू, उभिएका मानिसहरू तथा घरबाहिर

May be an image of १५ people, including Deepak Prasad Awasthi तथा उभिएका मानिसहरू

May be an image of ७ people, including Rajesh Singh Nepali तथा उभिएका मानिसहरू

May be an image of २ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र

May be an image of एक वा थप मानिसहरू तथा बसिरहेका मानिसहरू

May be an image of ९ जना मानिसहरू तथा उभिएका मानिसहरू

May be an image of एक वा थप मानिसहरू, उभिएका मानिसहरू, रूख तथा घरबाहिर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?