दार्चुलाका सबै स्थानीय तहमा नेकपा एमालेका पार्टी कार्यालय उद्घाटन

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुलाले आज दिउँसो १ बजे जिल्लाका सबै स्थानीय तहमा पार्टी कार्यालयको उद्घाटन गरेको छ ।

नेकपा (एमाले) जिल्ला पदाधिकारीहरुको गत फागुन २७ गते बसेको बैठकले चैत ५ गते (आज) एकै साथ जिल्लाका नौँ वटै स्थानीयतमा पार्टी कार्यालयको उद्घाटन गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार सबै स्थानीय तहमा पार्टी कार्यालय उद्घाटन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राम दत्त जोशीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका नौँ वटै स्थानीय तहहरुमा पार्टी कार्यालय उद्घाटनका लागी नौँ वटै स्थानीय तहहरुमा एक/एक जनालाई जिम्मेवारी समेत दिएको थियो । पार्टी कार्यालयले उद्घाटनको लागी जिल्लाको मालिकार्जुन गाउँपालिकामा राम दत्त जोशीलाई जिम्मेवारी तोकिएको थियो । त्यस्तै व्याँस गाउँपालिकामा उदय बडाल, महाकाली नगरपालिकामा ज्ञानेन्द्र घर्ती, नौगाड गाउँपालिकामा चरन सिंह बुढाथोकी र दुहुँ गाउँपालिकामा नरेन्द्र सिंह तिङ्करीलाई जिम्मेवारी तोकिएको थियो ।

यस्तै लेकम गाउँपालिकामा परमानन्द जोशी, शैल्यशिखर नगरपालिकामा विजय सिंह धामी, अपि हिमाल गाउँपालिकामा धर्मानन्द मन्याल र मार्मा गाउँपालिकामा देव सिंह महरलाई पार्टी कार्यालय उद्घाटनको जिम्मेवारी तोकिएको एमाले दार्चुलाले जनाएको छ । जिम्मेवारी पाएका नेताहरुको अगुवाइमा सबै स्थानीय तहमा पार्टी कार्यालय उद्घाटन गरिएको नेकपा एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक सिह बडालले जानकारी दिनुभयो ।

यो समाचार तयार पार्दासम्म कुनै-कुनै स्थानीय तहमा पार्टी कार्यालय उद्घाटनको कार्यक्रम सम्पन्न भइसकेको छ भने केहि स्थानीय तहमा कार्यक्रम शुरु गर्ने तयारी भइरहेको छ ।

नेकपा (एमाले) दार्चुलाका नेताहरुका साथै गाउँसम्मका सक्रिय कार्यकर्ताहरुको सहभागितामा पार्टी कार्यालय उद्घाटन गरिएको छ । नौगाड गाउँपालिकामा दुई सय बढी संगठित सद्स्यहरुको उपस्थितिमा नेकपा (एमाले) को पार्टी कार्यालय उद्घघाटन गरिएको रेडियो लोकदर्पण समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

No description available.

नेकपा पुर्नगठन भएर नेकपा एमाले र नेकपा माओबादी केन्द्र गरी दुई पार्टी कायम भएपछि दुबै पार्टीले जिल्लादेखि स्थानीय तहसम्म आफ्ना पार्टी कार्यालय उद्घाटनका साथै पार्टी कार्यक्रम सञ्चालन गर्न थालेका छन् । नेकपा माओबादी केन्द्र दार्चुलाले समेत विभिन्न स्थानीय तहमा जिल्ला स्तरीय नेताहरुको अगुवाइमा पार्टी कार्यालय उद्घाटन गरिसकेको छ । बाकी स्थानीय तहमा छिटै कार्यालय स्थापना गरिने नेकपा माओबादी केन्द्र दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?