दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले दार्चुला–तिङ्कर सडकलाई रणनीतिक महत्तको सडकको रुपमा निर्माण गर्ने योजनाका साथ आफुहरु निरीक्षणमा आएको बताउनुभयो ।
आइतबार दार्चुला–तिङ्कर सडकको हवाइ निरीक्षण पश्चात खलंगामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ठगुन्नाले सामरिक महत्तको सीमावर्ती यो सडकलाई अगामी दिनमा राष्ट्रिय गौरबको आयोजनाका रुपमा सञ्चालन गर्न आफुले पहल गरिरहेको बताउनुभयो । कैलासमानसरोबर जोड्ने छोटो दुरीको यो सडक धार्मीक पर्यटकिय दृष्टिकोणका साथै अन्तरराष्ट्रिय व्यापारीक महत्तका हिसाबले समेत प्रचुर सम्भावनायुक्त सडकका रुपमा रहेको मन्त्री ठगुन्नाको भनाई छ ।
दार्चुलावासीको प्रतिनिधिका हैसियतले समेत आजसम्मका बाँधा र कमजोरी सुधारेर यो सडकलाई छिटो तिङ्करसम्म पुर्याउने र खलंगादेखि सुन्सेरासम्म कालोपत्रे गरेर हजारौँ जनतालाई सेवा दिने योजनाका साथ आफुले काम गरिरहेको मन्त्री ठगुन्नाले बताउनुभयो । यो सडक निर्माण सम्पन्न भएपछि हजारौँ जनताले यातायात सेवा पाउँने उहाँको भनाई छ ।
आइतबार नेपाल सरकारका तीन जना मन्त्रीले महाकाली करिडोर अन्तरगत निर्माणाधिन दार्चुला–तिङ्कर सडकको कार्यप्रगतिबारे हवाइ निरीक्षण गर्नुभएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना सहित राजनीतिक, प्रशासनिक र प्राविधिक व्याक्तिहरुको टोलीले नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला–तिङ्कर सडकको निरीक्षण गर्नुभएको हो ।
दार्चुला–तिङ्कर सडकको निरीक्षण पश्चात नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले अगामी आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट विनियोजन गरेर द्रुत गतिमा तिङ्करसम्म सडक निर्माण गरिने बताउनुभयो । सडक निरीक्षण पश्चात महाकाली नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले विगतमा कमजोरीहरु भएपनि वर्तमान सरकार आएपश्चात ठूलठूला विकास निर्माणका योजनाहरु निर्माण भइरहेको बताउनुभयो ।
महाकाली करिडोर अन्तरगत तिङ्कर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको स्मरण गराउदै उहाँले घाँटीबगरदेखि तिङ्करम्म सडक निर्माण गर्ने विषयमा सेनासंग बसेर योजना बनाइएको बताउनुभयो । खलंगा देखि सुन्सेरासम्म सडक विभागले चाँडै ठेक्कापट्टा मार्फत सडक स्तरोन्नतीको काम गर्ने मन्त्री नेम्वाङको भनाई छ ।
२०६५ सालदेखि शुरु भएको यो सडकले हालसम्म गति लिन नसकेपनि अगामी दिनमा अत्यन्तै महत्तका साथ निर्माण गरिने उहाँले बताउनुभयो ।
यो पनि पढ्नुहोस : दार्चुला–तिङ्कर सडकलाई राष्ट्रिय गौरबको आयोजनामा समावेस गर्न माग





प्रतिक्रिया