परपुरुषसँग हाँसेको भन्दै श्रीमतीको कान काट्ने श्रीमान पक्राउ

बझाङ । बझाङमा आफ्नै श्रीमतीको कान काट्ने श्रीमान पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका(१ भण्डारगाउँ निवासी २५ वर्षीय मनोज नेपालीले आफ्नै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान काटेको आरोपमा पक्राउ परेका हुन् ।

मनोजले गत असार ३० गते परपुरुषसँग बोलेको भन्दै जानकीको कान चक्कुले काटेका थिए । घटनापछि उनी लगत्तै फरार भएका थिए । जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

जानकीले बिहे भएको केही महिनादेखि नै श्रीमानले कुटपिट गर्दै आएको बताएकी छिन् । जानकीका तीन सन्तान छन् । मनोजमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?