टोकियो ओलम्पिकबाट गौरिका बाहिरिइन्

काठमाण्डौ । जापानमा भइरहेको टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । एक सय मिटर फ्री स्टाइलमा गौरिकाले एक मिनेट दशमलव ११ सेकेन्डको कीर्तिमान बनाएकी हुन् ।

चार जना खेलाडी रहेको हिट चरणमा गौरिका तेस्रो भइन् । ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरे पनि गौरिका अघिल्लो चरणमा पुग्न भने असफल भइन् ।

नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा गौरिकाले ५८ दशमलव १३ सेकेन्डमा दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

उनले सन् २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनशिपमा भने एक मिनेट ६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।

पौडीमा नेपालका एलेक्स साह पनि हिजो हिट चरणभन्दा माथि पुग्न सकेका थिएनन् । यसअघि नै जुडो र शुटिङका खेलाडी पनि प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?