संसदबाट सरकारसंग दार्चुलाका सासंद ठगुन्नाका आधादर्जन माग (भिडियाे सहित)

दार्चुला । अगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले दार्चुलाको विकास र राष्ट्रिय हितका विषयमा सरकारसंग आधा दर्जन मागहरु राख्नुभएको छ । दार्चुला—तिकंर सडक निर्माणका लागि प्रयाप्त बजेट विनियोजन गर्नुपर्ने, गोकुलेश्वर बिमानस्थल सञ्चालनमा ल्याउनुपर्ने, सीमा सुरक्षाका लागि कालापानी क्षेत्रमा सेना परिचालन गर्नुपर्ने, बेरोजगार लक्षित रोजगारी शृजनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य र कृषि क्षेत्रलाई प्रार्थमिकतामा राखेर बजेट ल्याउनुपर्ने सासंद ठगुन्नाले माग गर्नुभयो ।
अगामी आर्थिक वर्षको बजेटमा दार्चुला सदरमुकामबाट तिकंर जोड्ने गरी १२ वर्ष पहिलेदेखि निर्माणाधिन दार्चुला—तिकंर सडकमा प्रयाप्त बजेट बिनियोजन गर्नुपर्ने सासंद ठगुन्नाको माग छ । दार्चुला—तिकंर सडक खण्डको कोठेधारदेखि ८७ किलोमिटर निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । केहि दिनभित्रै व्याँस क्षेत्रमै सैनिक क्याम्प राखेर घोरेटो बाटो र तिकंर सडक निर्माणको काममा जुट्ने सेनाको तयारी छ ।
सामरिक महत्तको भूमि कालापानी हुँदै तिकंरसम्म सडक निर्माण छिटोभन्दा छिटो गर्नुपर्ने र तत्काल कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि रक्षाका लागी कालापानी क्षेत्रमा सेना खटाउन सरकारसंग उहाँले आग्रह गर्नुभएको छ । सीमा क्षेत्रमा बस्ने नागरिकलाई सहुलियत र सेवा सुबिधा उपलब्ध गराउने विषयमा सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।
संसदमा आइतबार आफ्नो धारणा राख्ने क्रममा सासंद ठगुन्नाले २६ वर्षदेखि बन्द रहेको दार्चुलाका एकमात्र गोकुलेश्वर विमानस्थल सञ्चालनका लागि डिपीआर निर्माणको काम भइसकेकोले निर्माणकार्य सञ्चालनका लागि प्रयाप्त बजेट विनियोजन गर्न माग गर्नुभएको छ । सरकारले कोरोना नियन्त्रण र कृषि तथा रोजगारीको क्षेत्रलाई प्रार्थमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेकोमा समर्थन जनाउदै बेरोजगार युवाहरुलाइ स्वदेशमै रोजगारी प्रदान गर्ने कार्यक्रम बजेटमा समेट्न उहाँले सरकारलाइ सुझाब दिनुभयो ।
बेरोजगार युवालाइ गाउँघरमै रोजगारीको व्यवस्था गरि बार्षिक न्यूनतम ५० हजार आम्दानीको सुनिश्चितता गर्न सरकारसंग उहाँले माग गर्नुभयो । दिर्घरोगीलाई निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

हेर्नुहाेस सासंद गणेश सिह ठगुन्नाका स्वकिय सचिब दाैलतसिह ठगुन्नाले फेसबुकमा पाेष्ट गर्नुभएकाे प्रतिनिधिसभा बैठकमा बाेल्दैगरेकाे भिडियाे

https://www.facebook.com/daulat.thagunna/videos/2879339095468956/

प्रतिनिधि सभाको बैठक, २०७७ जेठ ४ गते अाईतबार, ११ बजे सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारी ज्यू ले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको नेपाल सरकारको निति तथा कार्यक्रमको समर्थन गर्नु हुदै साथै अाफ्नो सुझाव सहित महत्वपुर्ण भनाई राख्नुहुदै दार्चुलाबाट प्रतिनिधि सभा सदस्य माननीय गणेश सिंह ठगुन्ना ज्यू,
पुर्णपाठ:
सम्माननीय सभामुख महोदय,
सम्माननीय राष्ट्रपती महोदयले संसदको संयुक्त सदनमा प्रस्तुत अागामी अा. व. २०७७/७८ को सरकारको निति र कार्यक्रम Covid-19 सँग जुध्न नेपाल सरकारको विशेष प्राथमिकता यसबाट श्रृजित समस्याहरुलाई समाधान गर्न समस्त क्षेत्रमा गर्नुपर्ने कार्यहरु लगायत कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्दै रोजगारी सृजना गर्ने “सुखी नेपाली, समृद्ध नेपाल” अभियानलाई द्रुतगतिमा अगाडी बढाउने गरी समग्र क्षेत्रलाई संबोधन गर्ने गरी अाएको छ ।
सिमा सुरक्षा लगायत लिम्पियाधुरा, लिपुलेक, कालापानी मा भएको भारतीय अतिक्रमण हटाउन पहल गर्न र सो भू-भाग समेटेर नेपाली नक्सा जारी गर्ने ऐतिहासिक निति अगाडी सारिएको छ । यो निति र कार्यक्रम को पूर्ण रुपमा समर्थन गर्दै निति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न अागामी बजेटमा देहाय बमोजिमका कार्यक्रमहरुमा विशेष ध्यान दिन सुझाव दिन चाहन्छु ।
१) अतिक्रमित भूमि फिर्ता लिनको लागि अावश्यक कुटनितिक पहल जारी राख्दै थप अतिक्रमण रोक्न सो क्षेत्रमा नेपाली सेनाको समेत उपस्थिति गराउने र सो क्षेत्रका जनताहरुको अाधारभुत अावश्यक्ता पूरागर्न र पूर्वाधार निर्माणमा विशेष कार्यक्रम संचालन गर्नुपर्दछ ।
२) नेपालकै महत्वपुर्ण र कैलाश मानसरोवर जोड्ने बाटो मशाकाली कोरीडोधर को दार्चुला-तिंकर खण्डको ८७ किलोमिटर नेपाल सरकारले हालै नेपाली सेना मार्फत सञ्चालन गर्ने निर्णय गरेको छ । वर्तमान सरकारलाई धन्यवाद व्यक्तगर्दै उक्त सडकमा अागामी अा.व. को लागि पर्याप्त बजेट विनियोजन गर्दै उक्त सडक छाङ्गरू बाट कालापानी सम्म जोड्ने गरी अागामी बर्षमा सञ्चालन गर्नु पर्दछ ।
३) चालु अा.व. को बजेटमा समावेश दार्चुला जिल्लाको गोकुलेश्वर एयरपोर्टको DPR निर्माण सम्पन्न भएको छ अागामी अा.व. मा निर्माण कार्य सञ्चालन गर्नको लागि पर्याप्त बजेटको सुनिश्चितता गरिनु पर्दछ ।
४) निति तथा कार्यक्रम ले रोजगारी सृजनालाई प्राथमिकता मा राखेको छ । हाल Covid-19 को प्रभावले विदेशमा रहेका लाखौं युवाहरु बेरोजगार भई घर फर्कने र देश भित्र रहेका लाखौं युवाहरु बेरोजगार हुने अवस्था भएकोले ति सम्पुर्ण युवाहरुलाई उत्पादन गर्न लगाउन सरकारले ” Food For Work” र ” Cash For Work” प्रत्येक बस्ती स्तरमा संचालन गर्नेगरी न्यूनतम ५० हजार बार्षिक बराबरको रोजगारी प्रत्येक बेरोजगार नागरिकले अाफ्नै गाँउटोलमा पाउने व्यवस्था मिलाउनु पर्छ । जनताले बाँच्न पाउने अधिकारलाई यो निति तथा कार्यक्रमले निर्देशित गरेको छ ।
स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण विकासको लागि महत्वपुर्ण कार्यक्रमहरु अगाडी सारिएको छ । गरिब र विपन्न नागरिकहरुले नि:शुल्क उपचारको सुविधा पाउनु पर्छ । खासगरि मुटुरोग, ब्रेन, किड्नी, लिभर लगायतका क्यान्सर लगायतका बिरामीहरुमा गरिब र विपन्न परिवारले नि:शुल्क उपचारको अावश्यक व्यवस्था गरिनुपर्छ ।
धन्यवाद!

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?