दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी एक जना घाईते

दार्चुला । दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी एक जना घाईते हुनुभएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली घर भइ मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत शिक्षक  ३६ वर्षीय केशब राज जोशी घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

जोशीले चलाएको सु प प्र ०१२ प ९८१५ नम्बरको मोटरसाइकल मालिकार्जुन गाउँपालिकाको थकतोलीमा सोमवार (हिजो) चिप्लिएर दुर्घटना भएको उहाँले बताउनुभयो । घाईते जोशीलाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि धनगढी रेफर गरिएको बताइएको छ ।

जोशीको खुट्टा र कम्मरमा चोट लागेको पारिवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?