दार्चुला । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ दार्चुला जिल्ला नेतृत्वको जिम्मेवारी बाँडफाँड गरिएको छ ।

जसअनुसार राष्ट्रिय युवा संघ दार्चुलाको ईन्चार्जको जिम्मेवारी राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य समेत रहेका युवा नेता नरेश गिरीले पाउँनुभएको छ । सह-ईन्चार्ज राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एबं नेकपा मार्मा गाउँपालिका कमिटी अध्यक्ष नरबहादुर बिष्टले पाउनुभएको छ ।

यसअघि नै राष्ट्रिय युवा संघ दार्चुलाको संयोजकको जिम्मेवारी युवा नेता सुरेन्द्र बमले पाइसक्नुभएको छ । सह संयोजकको जिम्मेवारी गंगादत्त जोशीले पाएको राष्ट्रिय युवा संघ दार्चुलाका ईन्चार्ज नरेश गिरीले जानकारी दिनुभयो ।

तत्कालिन नेकपा एमाले र माओबादीबिच पार्टी एकिकरण भइसकेपछि दुबै पार्टीका भातृ संगठनहरुको समेत एकता गरिएको छ । एकता प्रकृया अन्तरगत केन्द्रदेखि जिल्ला तहसम्म जिम्मेवारी बाँडफाँड गरिएको ईन्चार्ज गिरीले बताउनुभयो ।

बिहिबार दार्चुला सहित नेतृत्वको टुगों लाग्न बाकी केहि जिल्लाहरुको नेतृत्व चयन भएसंगै राष्ट्रिय युवा संघको देशभरीका सबै जिम्मामा नेतृत्व टुगों लागिसकेको जनाइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?