बाबुरामलाई कांग्रेसको चुनौती : ९ अर्ब बाँडेर खाएको प्रमाण दिनुस

दार्चुला नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री तथा नेता डाक्टर बाबुराम भट्टराईको अभिव्यक्तिमाथि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बूढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापतिसमेतको संलग्नता रहेको भनेर गएको शुक्रबार नेता भट्टराईले बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले गोरखामा आयोजित एक कार्यक्रममा बूढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै त्यसको प्रमाण दिनसमेत आफू तयार बताउनुभएको थियो ।

नेता भट्टराईको यो भनाइप्रति आपत्ति जनाउँदै कांग्रेसले आइतबार प्रेस विज्ञप्ति निकाल्दै त्यो आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

प्रेस विज्ञप्तिमा वर्तमान सरकार बनेपछि बूढीगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पिन तयार भएकोप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा नै कडा विरोध गर्दै आएको बताइएको छ ।

डा। भट्टराई बुढीगण्डकीबारे ज्वलन्त प्रश्नसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नुभएको कांग्रेसले जनाएको छ । हलुका टिप्पणीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा नभएको विज्ञप्तिमा भनिएको छ ।

तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु आफ्नो कर्तव्य हुन जाने कांग्रेसले जनाएको छ ।

राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ न त कपोलकल्पित, झुट र अर्थहीन आरोपले, हामी नम्र भाषामा अपिल गर्दछौँ, तथ्यको जगमा सत्यको खोजी नगरि केवल आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुन सक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ । यति हेक्का डा। भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौँु, विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?