ओलीलाई प्रचण्डको आग्रह : ‘कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धकाे अविश्वास प्रस्ताव तत्काल रोकाैँ’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न आग्रह गर्नुभएको छ ।

बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले तत्काल अविश्वासको प्रस्ताव रोक्न अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको हो । अविश्वासको प्रस्ताव दर्ता हुने र मुख्यमन्त्री हट्ने कुराले राम्रो सन्देश नजाने भएकोले अध्यक्ष प्रचण्डले तत्काल त्यसलाई रोक्न आग्रह गर्नुभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डको आग्रहलाई प्रधानमन्त्री ओलीले भने ठोस जवाफ नदिएको नेकपा स्रोतले जनाएको छ ।

शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन भन्दै १८ सांसदले आइतबार प्रदेश सभा संसदीय दलको कार्यलयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । प्रधानमन्त्री ओली निकट मानिने प्रदेश सभा सदस्य तथा नेकपा कर्णालीका सहइन्चार्ज यमलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव अगाडि बढेको हो ।

संसदीय दलमा अविश्वासको प्रस्ताव लैजाने अभ्यास नेपालमा अहिलेसम्म भएको थिएन । कर्णाली प्रदेशमा ४० सदस्यीय प्रदेश सभामा नेकपासँग ३३ सांसद रहेका छन्, त्यसमध्ये पूर्व माओवादीका १३ र पूर्व एमालेका २० जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?