सभापतिको राजीनामा अस्वीकृत गर्छौँः उपसभापति शर्मा

दार्चुला । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत हुने बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उपसभापति शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा पत्रसँगै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने बताउनुभएको हो।

सभापति थापाले पार्टी पराजयको नैतिक जिम्मेवारी लिन्छु भन्नु सकरात्मक भएपनि सभापतिको प्रधान दायित्व वर्तमान स्थितिलाई सम्हाल्नु रहेको शर्माले उल्लेख गर्नुभएको छ ।

‘नैतिक जिम्मा लिन्छु भन्नु सकरात्मक तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ’, शर्माको भनाई छ ।

कांग्रेस सभापति थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?