कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

दार्चुला । प्रतिनिधिसभा सदस्य चुनावको समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठकले पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा अस्वीकृत गर्ने नेताहरूले बताएका छन् ।

चुनावी पराजयपछि थापाले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । आज दिउँसो बस्ने बैठकमा चुनावमा पार्टीको पराजय र सभापति थापाको राजीनामाबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

पार्टीमा विद्रोह गर्दै विशेष महाधिवेशनमार्फत कांग्रेस नेतृत्वमा आएका थापा चुनावमा आफूसहित पार्टीले पराजय व्यहोरेपछि नैतिक दबावमा हुनुहुन्छ ।

थापाले अहिलेको परिस्थितिमा राजीनामा दिन नहुने संस्थापन पक्षका नेताहरूको मत छ । पूर्वसंस्थापन समूहका नेताहरूले भने विशेष महाधिवेशनको औचित्य नै समाप्त भइसकेकोले पार्टीलाई त्यस अगाडिकै हैसियतबाट अगाडि बढाउनुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?