देउवा समूहद्वारा समानान्तर गतिविधि सुरू, केन्द्रीय समिति बैठक डाक्ने निर्णय

दार्चुला । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ ।

नेता मीन विश्वकर्माले सर्वोच्चले कांग्रेस आधिकारिकताको मुद्दा टुंगो नलगाएसम्म आफूहरूको कमिटीको बैठक, छलफल जारी रहने बताउनुभयो । आजको बैठकले केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको उहाँको भनाइ छ ।

विश्वकर्माले भन्नुुभयो, ‘केन्द्रीय कार्यसम्पादन समितिका उपलब्ध सदस्यहरूको बैठकले केन्द्रीय समितिमार्फत चुनावी समीक्षा गर्ने र आगामी रणनीति तय गर्ने निर्णय गरेको छ । उहाँले शीर्ष नेतासँगको सहमतिमा मिति तय गर्नु हुनेछ ।’

स्रोतका अनुसार बैठकमा शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, बालकृष्ण खाणलगायतका २ दर्जन जति नेता सहभागी थिए ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समिति अस्वीकार गरेको देउवा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?