दार्चुला । दार्चुलाको साविक देथला गाउँ पञ्चालयका र बैतडीको साविक कोटपेट्रा गाउँपञ्चायलका पूर्व प्रधानपञ्च रणबहादुर पालको निधन भएको छ ।
दुई कार्यकाल देथला गाउँ पञ्चायत र एक कार्यकाल बैतडीको कोटपेट्रा गाउँ पञ्चायतका प्रधानपञ्च र राष्ट्रिय गाउँ फर्क अभियानका सदस्य समेत रहेका पालको शनिबार ८६ वर्षको उमेरमा निधन भएको उहाँका नाती मुकेश पालले जानकारी दिनुभयो ।
केही समय देखि बिरामी रहेका पालको भारतको मुम्बई स्थित अस्पतालमा ८६ वर्षको उमेरमा शनिबार निधन भएको बताउनुभयो ।
हाल कञ्चनपुर बस्दै आएका पालको सोमबार महाकाली घाटमा अन्तेष्टी गरिएको उहाँले बताउनुभयो । उहाँ पूर्व पञ्चायत सदस्य स्व.कम्मानबहादुर पाल(रजबार साप) का कान्छा भाई हुनुहुन्थ्यो ।





प्रतिक्रिया