भदौ २४ को उपद्रोमा सबैतिर उस्तै विधि प्रयोग भएको छ, सरकारले थप छानबिन गरोस् : कार्की आयोग

कार्की आयोगले कार्की सरकारलाई बुझाएर पनि गोप्य नै राखिएको छानबिन प्रतिवेदन जनआस्थाले फेला पारेको छ । भदौ २३ को दमनकारी घटनावारे विस्तृत विवरण समाविष्ट उक्त प्रतिवेदनमा भोलिपल्ट भएका ऐतिहासिक सम्पदाहरु,सरकारी,निजी र ब्यापारिक सम्पत्तिहरुमाथिको आगजनी,लुटपाटसम्वन्धी पर्याप्त प्रमाण फेला पार्न नसकिएको भन्दै यसउपर थप अनुसन्धानको सिफारिससमेत गरिएको छ । प्रतिवेदनले खास खास मुध्दाहरु बिचाराधीन रहेका केही अदालतका बिशेष फाँटहरुमा छानीछानी आक्रमण र आगजनी गरिएको कुरालाई समेत साँकेतिक रूपमा स्वीकारेको छ ।

उक्त आयोग श्रोतबाट प्राप्त विवरणमा भनिएको छ :

सिंहदरबार,संघीय संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनजस्ता Vital Installation जलाउनमा विशेष प्रज्वलनशील पदार्थ प्रयोग गरिएको थियो । केही विशेष प्रकारका कागजात भएका ठाउँमा Target गरेर आगो लगाइएको थियो । खासगरी आयोगको स्थलगत भ्रमणका क्रममा प्राय : सबै ठाउँमा आक्रमणको कार्यशैली एकै प्रकारको देखिन्छ । कुनै कार्यालय / घरमा आक्रमण गर्दा सबभन्दा पहिला CCTV ध्वस्त गर्ने पानीको ट्यांकी खाली गरी भत्काउने,सरकारी कार्यालयहरुमा रहेको Data Centre भत्काउने र Computer कक्षमा आक्रमण गर्ने,तत्पश्चात कागजातहरु जलाउने,लुटपाट गर्ने,अन्त्यमा ती भवनहरुमा ग्याँस सिलिण्डरमा आगजनी गरी भवनभित्र फाल्ने,सो उपलब्ध नभएमा बोतलमा पेट्रोल हाली घरभित्र फ्याँकेर आगो लगाउने गरेको पाइयो । सिंहदरबार परिसरभित्र विभिन्न मन्त्रालयमा रहेका फायर एक्सटिङगुईसर (fire extinguisher ) खोलेर त्यसमा भएको केमिकल फाल्ने गरेको पनि भेटियो ।

केही विशेष प्रकारका कागजात भएका ठाउँमा Target गरेर आगो लगाइएको थियो । खासगरी आयोगको स्थलगत भ्रमणका क्रममा प्राय : सबै ठाउँमा आक्रमणको कार्यशैली एकै प्रकारको देखिन्छ ।

कम्पाउण्डभित्र पार्किङ् एरियामा राखिएका सवारी साधनहरुमा आगो लगाउने प्रकृया सबै स्थानहरुमा एउटै प्रकारको थियो । तर सिंहदरबार,सर्वोच्च अदालत,राष्ट्रपति भवन,शीतल निवास,व्यापारीका गोदाम घरहरु,भाटभटेनी स्टोरहरु,कान्तिपुर पब्लिकेशन,हिल्टन होटल,हायातलगायतका होटलजस्ता ठाउँहरुमा भने रसायन,पेट्रोल बम (Molotov Cocktaili ) लगायत अति प्रज्वलनशील पदार्थ प्रयोग गरेको पाइयो । केही आवास घर र भाटभटेनीमा लुटपाट र आगजनी गर्न खोज्दा केही लुटेरा निस्किन नसकी जलेर मृत्यु भएको पनि देखिन्छ ।

अनुसन्धानका लागि सरकारी कार्यालयहरुका CCTV footage निकै उपयोगी हुन सक्ने तर प्रायः जसो आक्रमण गरिएका सरकारी कार्यालयहरुका अभिलेख (record) गर्ने सामग्रीहरु फोडिएको तथा आगजनी गरी नष्ट गरिएको छ |भाद्र २४ गतेका सम्पूर्ण घटनाहरुलाई एक एक गरी बृहत रुपमा अनुसन्धान गरिनु पर्दछ ।

सिंहदरबार,सर्वोच्च अदालत,राष्ट्रपति भवन,शीतल निवास,व्यापारीका गोदाम घरहरु,भाटभटेनी स्टोरहरु,कान्तिपुर पब्लिकेशन,हिल्टन होटल,हायातलगायतका होटलजस्ता ठाउँहरुमा भने रसायन,पेट्रोल बम (Molotov Cocktail ) लगायत अति प्रज्वलनशील पदार्थ प्रयोग गरेको पाइयो ।

भाद्र २४ गतेको घटनामा संलग्न भएका व्यक्तिहरुको सम्बन्धमा निर्क्यौल गर्न आयोगलाई अहिलेसम्मको छानविनबाट अभियोजनको लागि सिफारिस गर्न मिल्ने गरी ठोस सबुद प्रमाण संकलन गर्न सकिएको छैन । आयोगलाई सहयोग पुग्ने गरी कुनै intelligence report सरकारी वा गैह्र सरकारी निकायबाट हालसम्म प्राप्त हुन सकेको छैन । आयोगलाई प्राप्त कार्यादेश निश्चित तर छोटो अवधिको लागि रहेकोले देशभरिका घटनाहरु विस्तृत रुपमा छानविन गर्न,तत्काल कोही कसैलाई दोषी प्रमाणित गर्न समय र जनशक्ति अभावका कारणले आयोगले सकेन । तथापि आयोगले भाद्र २४ गतेको संघीय संसद भवन, सिंहदरबार,राष्ट्रपति भवन,सर्वोच्च अदालत,निजी ब्यापारिक प्रतिष्ठानहरू,सरकारी तथा निजी भवन तथा बिभिन्न पार्टी कार्यालयहरू लगायतका स्थानहरू उक्त दिन घटना हुँदाको समयमा सोही स्थानहरूका टेलिफोन टावरहरूमा उपलब्ध BTS DATA का आधारमा भौतिक रूपमा उपस्थित भएका व्यक्तिहरूको टेलिफोन नम्बरहरू नेपाल दूरसन्चार र NCell बाट माग गरी त्यस Raw data लाई अध्ययन गरी स्थानगत टेलिफोन नम्बरहरू प्रतिबेदनमा उल्लेख गरेका छौँ | अब सरकारले विज्ञसहितको अनुसन्धान टोली गठन गरी CCTV footage,Social media सहितका प्रमाणहरूसंग भिडाई तत्कालै अभियुक्तसम्म पुग्न अनुसन्धान आवश्यक छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?