दार्चुला । महाकाली नदीमा बगेर बैतडीका एक पुरुष बेपत्ता भएका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ बर्षीय कृष्ण चन्द हल्दुघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो ।

मंगलबार बिहान साढे ११ बजेतिर बगेर बेपत्ता भएका चन्दको खोजतलास कार्य जारी रहेको र अहिलेसम्म उनको अवस्था अज्ञात रहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?