राष्ट्रिय युवा संघ दार्चुलाको जिल्ला कमिटी टुङ्गियो, पालिकामा संयोजक र सहसंयोजकको टुङ्गो

दार्चुला । राष्ट्रिय युवा संघ दार्चुला जिल्ला कमिटी र स्थानीय तहको एकता प्रकृया सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ दार्चुलाका संयोजक सुरेन्द्र बहादुर बमको अध्यक्षता एबं राष्ट्रिय युवा संघ दार्चुलाका ईन्चार्ज नरेश गिरी, सहईन्चार्ज नरबहादुर बिष्ट, नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्री, पार्टी सचिव उदय बडाल, संगठन विभाग प्रमुख ज्ञानेन्द्र बन्दी, प्रचार विभाग प्रमुख खडक सिह बडाल, नेकपा जिल्ला कमिटि सदस्य धनबहादुर कुवँर लगायतको उपस्थितिमा जिल्ला कमिटि र स्थानीय तहको एकता प्रकृया सम्पन्न भएको हो ।

सुरेन्द्र बम संयोजक र गंगादत्त जोशी सहसंयोजक रहेको राष्ट्रिय युवा संघ दार्चुलाको जिल्ला कमिटी ५१ सदस्यिय बनेको युवा संघ दार्चुलाका ईन्चार्ज नरेश गिरीले जानकारी दिनुभयो ।

जिल्ला कमिटीमा १० जना सदस्य पछि मनोनित हुने छन् ।

No description available.

No description available.

यस्तै जिल्लाका नौँ वटै स्थानीय तहमा संयोजक र सहसंयोजकको टुङ्गो लागेको छ । जसअनुसार महाकाली नगरपालिका संयोजक दिनेश थापा र सहसंयोजक दानी राम बिक, शैल्यशिखर नगरपालिकामा संयोजक चुडामणी साउद र सहसंयोजकमा गौरीलाल खडायतले जिम्मेवारी पाएका छन् ।

व्याँस गाउँपालिकामा संयोजक दिपक सिह डडाल र सहसंयोजक शेर सिह कुवँर, दुहुँ गाउँपालिकामा संयोजक पुष्कर सिह कार्की र सहसंयोजक धन बहादुर बम, लेकम गाउँपालिकामा संयोजक दिपेन्द्र पाल र सहसंयोजक नरेन्द्र रावल, मालिकार्जुन गाउँपालिकामा संयोजक भोज राज पन्त र सहसंयोजक रुप सिह धामी, नौगाड गाउँपालिकामा संयोजक भक्त बहादुर ठगुन्ना र सहसंयोजक गणेश राम टमटा, मार्मा गाउँपालिकामा संयोजक देब सिह ठगुन्ना र सहसंयोजक कमल बोहरा, अपि हिमाल गाउँपालिकामा संयोजक धिरन ठेकरे र सहसंयोजक डिला जागरीले जिम्मेवारी पाएको जिल्ला ईन्चार्ज गिरीले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?