कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

दार्चुला । नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत चयन गर्नको लागि निर्वाचन प्रक्रिया स्थगित गरेको छ। आज निर्वाचनबाटै भएपनि दलको नेता टुंग्याउने तयारी गरेर कार्यतालिका ल्याएको थियो।

तर, पार्टीको बृहत्तर हितका दलको नेता सर्वसम्मत रूपमा चुन्नका निर्वाचन कार्यतालिका स्थगित गरेको सहमहामन्त्री प्रकाश रसाइलीले बताउनुभयो।

सहमतिमै दलको नेता चयन गर्नको लागि कार्यसम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे र निर्वाचन समितिको समेत संयोजन रहने उहाँले बताउनुभयो ।

भोलि साँझभित्र सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने उहाँले बताउनुभयो। सभापति गगन थापाले सर्वसम्मत रूपमा दलको नेता चयन गर्नका निम्ति आवश्यक गृहकार्य गरिरहेको बताइएको छ ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?