प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ले काठमाण्डौ उपत्यकाका नदी किनारमा बसोवास गर्दै आएकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

वर्षाैँदेखि दोहोरिँदै आएको बाढीको जोखिम र मानवीय सङ्कटलाई ध्यानमा राख्दै अब स्थायी समाधानतर्फ सरकार अघि बढ्न लागेको प्रधानमन्त्री शाहकाे भनाइ छ ।

हरेक वर्ष बाढीका कारण नदी किनारका हजारौँ मानिसले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै उहाँले यस्तो जोखिमपूर्ण बसोवासलाई निरन्तरता दिनु उचित नहुने सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।

शाहले सुकुम्वासी व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको र वास्तविक सुकुम्वासीलाई प्रक्रिया पुर्‍याएर जग्गा वितरण गरिने बताउनुभएको छ ।

सरकारले भोलि र पर्सि थापाथली क्षेत्रको नदी अतिक्रमित बस्ती हटाउने तयारी गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?