दार्चुला । राष्ट्रिय स्वतन्त्र (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । रास्वपाले आइतबारका लागि सचिवालय बैठक बोलाएको हो ।
सचिवालयको बैठक आइतबार मध्यान्ह साढे १२ बजे बस्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा सचिवालय सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। सरकारले अघि बढाएको अध्यादेश र सुकुम्वासी बस्तीमा डोजर चलाएपछि चर्को आलोचना भइरहेको बेलामा सभापति लामिछानेले पार्टी बैठक बोलाउनुभएको हो ।




