दार्चुला । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिनुभयो ।
पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेता तथा जनसङ्गठनका प्रतिनिधिको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उहाँले बताउनुभयो ।




